काठमाडौं । झापा १ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा रास्वपाकी निशा डाँगी विजयी भएकी छिन् ।
सम्पन्न मत गणनामा उनले ४५ हजार ६८० मत पाएकी छिन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका केशवराज पाण्डेले १० हजार ५५० मत पाए ।
यस्तै श्रम संस्कृति पार्टीका केवलराम राईले १० हजार ४ मत पाए । यस्तै नेकपा एमालेका रामचन्द्र उप्रेतीले ७ हजार ६५९, राप्रपाका हेमराज कार्कीले १६१२, मंगोल नेशनल अर्गनाइजेसनका सन्तोष तामाङले ९७१ मत पाएका छन् ।
उनी यसअघि समानुपातिक सांसद रहेकी थिइन् ।
FACEBOOK COMMENTS