काठमाडौं । एनएलजी इन्स्योरेन्सले निष्कासन गरेको ६२.५६ प्रतिशत हकप्रद सेयरमा आवेदन दिन आजसम्म सेयरधनी बन्नु पर्नेछ ।
कम्पनीले हकप्रद सेयर निष्कासनका लागि कात्तिक २७ गते बुक क्लोज गर्दैछ । त्यसैले आजसम्म कायम रहेका सेयरधनीले मात्रै आवेदन दिन पाउँछन् ।
कम्पनीले मंसिर ११ गतेदेखि ६२.५६ शतप्रतिशत हकप्रद सेयर जारी गर्न लागेको छ । कम्पनीले १०ः ६.२५ अनुपातमा ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
यसको बिक्री प्रबन्धकमा लक्ष्मी सनराईज क्यापिटल रहेको छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९० रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब ४२ करोड २३ लाख रुपैयाँ पुग्नेछ ।
FACEBOOK COMMENTS