काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आज एनपीएल तेस्रो संस्करणको मिति घोषणा गरेको हो ।
एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ सम्म अर्थात अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म हुने छ ।
एनपीएल तेस्रो संस्करणका लागि खेलाडी अक्सन यसअघि नै भइसकेको छ ।