काठमाडौं । नेपाल आयल निगमले दसैँको टीकाको दिन र भोलिपल्टबाहेक अरू सार्वजनिक बिदाका दिनमा पनि पेट्रोल पम्प खुला रहने जनाएको छ ।
निगमले काठमाडौं उपत्यकासहित देशका विभिन्न प्रदेश तथा जिल्लामा सञ्चालित डिपो तथा पम्प आलोपालो खुला गरिने जनाएको हो ।
निगमले सार्वजनिक गरेको सूचनाअनुसार ३ असोज अर्थात् दसैँको टीकाको दिनबाहेक अरू सबै दिन डिपोहरू खुला रहनेछन् ।
काठमाडौंको थानकोटस्थित निगमको पेट्रोलियम डिपो १, २, ६ र ७ कात्तिकमा खुला रहने निगमले जनाएको छ । बाँकी ३, ४ र ५ कात्तिकमा भने यो डिपो बन्द रहने निगमले जनाएको छ ।
यसैगरी, कोशी प्रदेशस्थित विराटनगर डिपो २, ६ र ८ कात्तिकमा खुला रहनेछ । यसैगरी, मधेश प्रदेशको अमलेखगन्ज पेट्रोलियम डिपो १, २, ६ र ८ कात्तिकमा खुला रहनेछ ।

गण्डकी प्रदेशको राजधानी पोखरामा १, २ र ६ कात्तिक, लुम्बिनी प्रदेशस्थित भैरहवा डिपो १, २, ६ र ८ कात्तिक तथा कर्णाली प्रदेशको सुर्खेत डिपो ३० असोज, २ र ७ कात्तिक खुला रहने निगमले जनाएको छ ।

यसैगरी, धनगढीस्थित सुदूरपश्चिम डिपो २ र ७ कात्तिकमा खुल्ने निगमले जनाएको छ ।


