काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति डोलप्रसाद (डिपी) अर्यालले पितृशोकमा रहेका पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समवेदना प्रकट गरेका छन् ।
ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति गहिरो दु:ख व्यक्त गर्दै अर्यालले शोकाकुल परिवारजनमा सहानुभूति प्रकट गरेका हुन्।
अर्याल बुधबार गुन्डु पुगेर दिवङ्गत मोहनप्रसाद ओलीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
उनले यस कठिन घडीमा शोकलाई शक्तिमा बदल्न र धैर्यधारण गर्न अध्यक्ष ओली र उनको परिवारलाई आग्रह समेत गरेका छन्।
मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन भएको थियो।

FACEBOOK COMMENTS