काठमाडौं । ओमोडा–जेइको नेपालको अटोमोबाइल बजारमा छोटो समयमै निकै चर्चा कमाउन सफल ब्रान्ड हो ।
चिनियाँ अटो दिग्गज चेरी अटोमोबाइल अन्तर्गतका यी दुई ब्रान्डले नेपाली बजारमा स्टाइलिस सहरी एसयूभी र अफ–रोड शैलीका बक्स–डिजाइन इभी उपलब्ध गराएका छन् ।
नेपालमा ओमोडा र जेइकोका गाडीहरूको आधिकारिक आयातकर्ता तथा वितरक एसपीजी अटोमोबाइल्स प्रा. लि. हो।
प्रतिष्ठित शारडा ग्रुप अन्तर्गत रहेको एसपीजी अटोमोबाइल्सले देशभर १८ भन्दा बढी बिक्री आउटलेट र १५ भन्दा बढी आधुनिक सर्भिस सेन्टरहरूमार्फत सेवा प्रदान गरिरहेको छ ।
साथै, कम्पनीले नेपालमै पहिलोपटक ११ वर्ष वा २ लाख ४० हजार किमी ब्याट्री वारेन्टी र ११ वर्ष वा २ लाख किमी मोटर वारेन्टी जस्तो दीर्घकालीन वारेन्टी प्याकेज समेत ल्याएको छ।
नेपालमा ओमोडाको ओमोडा इ५, जेइको जे५, जेइको जे६/जे६टी जस्ता बहुप्रतिष्ठित मोडलहरू नेपाली बजारमा उपलब्ध रहेका छन् ।
ओमोडा इ५
नेपालमा ओमोडा भित्रिएपछि यस मोडललाई स्थापित गराउने मुख्य मोडलका रूपमा लिइन्छ ।
यो सहरी यात्राका लागि आकर्षक, फ्युचरिस्टिक र प्रिमियम लुक भएको एसयूभी हो । यसमा एक्स–शेप फ्रन्ट ग्रिल, स्पोर्टी कूप–एसयूभी लुक र लक्जरी इन्टेरियर यसको मुख्य पहिचान हो।
ओमोडा इ५ ले ६१ किलोवाट आवर/ ५८.९ किलोवाट आवरको सीएटीएल एलएफपी ब्याट्री प्याक, ९९ किलोवाट मोटर क्षमता र ४३० किमी सम्मको उत्कृष्ट रेन्ज प्रदान गर्छ ।
१८० एमएमको ग्राउन्ड क्लियरेन्स, २४.६–इन्चको दोहोरो स्क्रिन ककपिट, सोनी साउन्ड सिस्टम, प्यानोरामिक सनरुफ र लेभल–२ एडीएएस सेफ्टी प्रणाली जस्ता फिचरहरू यसमा पाइन्छन् ।
ओमोडा इ५ को मूल्य भेरियन्ट अनुसार ५४ लाख ९९ हजार देखि ५५ लाख ४९ हजार सम्म पर्छ ।
जेइको जे५
जेइको जे५ सहरी क्षेत्रका लागि र हल्का अफ–रोडको सन्तुलन खोज्नेहरूका लागि जेइकोले ल्याएको मिड–साइज प्रिमियम एसयूभी हो।
बोल्ड एक्स्टेरियर डिजाइन र आरामदायक इन्टेरियरसहित आएको यो एसयूभी निकै नै लोकप्रिय रहेको छ ।
यसमा ५८.९ किलोवाट आवर सीएटीएल एलएफपी ब्याट्री र १५५ किलोवाट मोटर (२०७ एप्स पावर र २८८ एनएम टर्क) उपलब्ध छ ।
एकपटकको फुल चार्जमा ४०–४६१ किमी सम्मको रेन्ज दिने कम्पनीको दाबी छ ।
साथै जेइको जे५ मा १८५ एमएमको ग्राउन्ड क्लियरेन्स, भेन्टिलेटेड र हिटेड सिट, डुअल–जोन क्लाइमेट कन्ट्रोल, १४–१५.४–इन्चको ठूलो इन्फोटेनमेन्ट स्क्रिन र ३६० डिग्री क्यामेरा जस्ता फिचरहरू उपलब्ध रहेका छन् ।
नेपाली बजारमा यसको मूल्य भेरियन्ट अनुसार ५६ लाख ९९ हजार देखि ६० लाख ९९ हजार सम्म पर्छ ।
जेइको जे६टी\जे६
जेइको जे६टी नेपालमा उपलब्ध एक प्रिमियम लाइफस्टाइल इलेक्ट्रिक एसयूभी हो ।
जुन ल्याण्ड रोभर डिफेन्डरबाट प्रेरित बलियो डिजाइनमा बनेको छ। यसमा ४३१ किमी रेन्ज, २२५ एमएम ग्राउन्ड क्लियरेन्स र १३५ किलोवाटको मोटर उपलब्ध रहेको छ ।
६५.६९ किलोवाट आवर सीएटीएल ब्याट्री, ४०० देखि ४३१ किमी सम्मको ड्राइभिङ रेन्ज, १५.६–इन्चको विशाल सेन्ट्रल टचस्क्रिन, ५०डब्लु वायरलेस चार्जर, ८ वटा स्पिकर साउन्ड सिस्टम, र बलियो एल्युमिनियम च्यासिस जस्ता फिचरहरू उपलब्ध रहेका छन् ।
यसको मूल्य भेरियन्ट अनुसार ६५ लाख ९९ हजार देखि ६९ लाख ९९ हजार सम्म पर्छ ।
ओमोडा–जेइकोका गाडीहरूमा नेपालको बाटो सुहाउँदो १८० एमएम देखि २२५ एमएम सम्मको ग्राउन्ड क्लियरेन्सका कारण उकालो, खाल्डाखुल्डी र कच्ची बाटोमा सजिलै चलाउन सकिन्छ।
किफायती मूल्यमा आधुनिक प्रविधि र प्रिमियम लुक, प्रिमियम इन्टेरियर, विशाल स्क्रिन र एडीएएस जस्ता आधुनिक सुरक्षा सुविधाहरूका कारण ओमोडा–जेइकोले ग्राहकको मन जित्दै गएको छ ।