काठमाण्डौं । मलेसियाका विपक्षी नेता अनवर इब्राहिमलाई प्रधानमन्त्री नियुक्त भएका छन् । अनिर्णित चुनावपछिको एक दिन लामो राजनीतिक गतिरोध अन्त्य गर्दै दरबारले उनको नाम अनुमोदन भएको थियो। ।
दरबार द्वारा जारी विज्ञप्तिमा भनिएको छ मलेसियाका शासकहरूका शाही महामहिमहरूको विचारलाई ध्यानमा राखी शअनवर इब्राहिमलाई मलेसियाको १० औं प्रधानमन्त्री नियुक्त गर्न स्वीकृति दिइएको छ ।
भरखरै सम्पन्न निर्वाचनमा अन्वरको पाकतन हारापान आशाको गठबन्धन गठबन्धनले भ्रष्टाचार विरोधीका रूपमा प्रस्तु हुँदै ८२ सिट जितेको थियो तर आवश्यक ११२ सिट बहुमत भने पुगेको थिएन ।
त्यस्तै पूर्वप्रधानमन्त्री मुहिद्दीन यासिनको पेरिकाटन नेशनल राष्ट्रिय गठबन्धन ब्लकले ७३ मत प्राप्त गरेको छ ।
इस्लामवादी पार्टीले समर्थन गरेका मुहिद्दीनले पत्रकार सम्मेलनमा कुनै पनि समूहसँग पर्याप्त सीट सङ्ख्या नभएकोले राजाले सुरुमा आफू र अनवरलाई ूसंयुक्त सरकार बनाउन आग्रह गरेको बताएका थिए ।
मलेसियाका राजा सुल्तान अब्दुल्लाह अहमद शाहले जारी राजनीतिक गतिरोध तोड्नका लागि दुई प्रतिद्वन्द्वीलाई बोलाएका थिए ।
FACEBOOK COMMENTS