काठमाडौं । पर्यटन व्यवसायी सुमन पाण्डेले प्रतिनिधिसभा तर्फ उम्मेदवारी दर्ता गराएका छन् ।
आगामि मंसिर ४ गते हुने निर्वाचनका लागि पाण्डेले नुवाकोट क्षेत्र नं २ बाट उम्मेदवारी दर्ता गराएका हुन् ।
उनले स्वतन्त्र पार्टीबाट उम्मेदवारी दर्ता गराएका हुन् । उनले पहिलो नम्बरमा उम्मेदवारी दर्ता गराएकाे जानकारी दिएका छन् ।
पाण्डे विगत तिन दशकदेखि पर्यटन व्यवसायमा संक्रिय छन् ।
स्वतन्त्र पार्टीको चुनाव चिन्ह घण्टी रहेको छ । जसकाे नेतृत्व रावि लामिछानेले गरेका छन् ।
FACEBOOK COMMENTS