काठमाडौं । सरकारले नयाँ मदिरा उद्योगको अनुमति दिएपछि अहिले मुलुकमा धमाधम नयाँ मदिराका ब्रान्डहरु बजारमा आइरहेका छन् । स्वदेशी ब्रान्डले नै उपभोक्ताको चाहना बमोजिमको गुणस्तर र स्वाद पस्किन थालिसकेपछि विदेशी रक्सीका ब्रान्डहरु विस्थापनको तयारीमा छन् । यहि कारणले नेपाली मदिरा बजारमा अत्यधिक प्रतिस्पर्धा पनि बढ्दै गएको छ ।
नेपालमा ह्विस्की, बियर, वाइन, रम, भोड्का, जिनलगायत सबै प्रकारको मदिरा उत्पादन हुदै आएका छन् ।यसका साथै नेपालमा विभिन्न कम्पनीहरुले अन्तर्राष्ट्रिय स्तरका महँगा रक्सिका ब्रान्डहरु उत्पादन गर्दै आइरहेका छन् ।करोडौं लगानी गरेर स्वदेशी ब्रान्डलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन कम्पनीहरुले नयाँ नयाँ मदिराको उत्पादन सुरु गरेका हुन ।हाल एउटा कम्पनीले एकपछि अर्को मदिराको ब्रान्ड बजारमा ल्याएको छ ।हेटौडा मकवानपुर स्थित फिनिक्स डिस्टिलरीले प्रालिले हाल सम्म नेपालकै उत्कृष्ट ह्विस्की उत्पादन गरिरहेको छ ।उक्त कम्पनीको पहिलो उत्पादन व्डढ क्ष्लनभि द्यबचचभ िःबति ह्विस्की
हो।यो ह्विस्की बजारमा अत्यधिक माग बढेको छ ।कम्पनीका अनुसार व्डढ कै अर्को ब्रान्ड रातो बोतलमा नयाँ उत्पादन अघिल्लो हप्ता बजारमा गएको छ ।यी दुवै ह्विस्की अन्तर्राष्ट्रिय स्तरको भएको उत्पादन हुन ।हालमा बजारमा बिस्तारै यसको माग बढ्दै आएको कम्पनी बताउँछ ।