काठमाडौं । कास्कीकाे पाेखरा महानगरपालिका–९ मा लामो समयदेखि निर्माण हुन नसकेको बसपार्क क्षेत्रको अवरोध हटाउने काम सुरु गरिएको छ ।
बसपार्क निर्माणलाई गति दिने उद्देश्यसहित बिहीबार महानगरपालिकाले डोजर परिचालन गर्दै अनधिकृत संरचना हटाउन थालेको हो ।
महानगर प्रमुख धनराज आचार्यको उपस्थितिमा सुरु गरिएको अभियानअन्तर्गत बसपार्क क्षेत्रमा रहेका विभिन्न अवरोध र संरचनाहरू हटाउने काम अघि बढाइएको छ ।
महानगरपालिकाका अनुसार करिब पाँच दशकदेखि विभिन्न कारणले रोकिएको बसपार्क निर्माण प्रक्रिया अब कार्यान्वयन चरणमा प्रवेश गरेको छ । निर्माणस्थल खाली गराउँदै पूर्वाधार विकासको कामलाई तीव्रता दिइने जनाइएको छ ।

