काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका प्रमुख आईजीपीलाई कारबाही गर्न सिफारिस गरेको छ ।
आईजीपीद्वय दानबहादुर कार्की र नारायणदत्त पौडेल दुवैजनालाई मानव अधिकार उल्लंघन कसुरमा विभागीय कारबाही गर्न सिफारिस गरेको हो ।
कार्की र पौडेल भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा एआईजी थिए । हाल भने दुवैजना आईजीपी बनेका हुन् ।
उनीहरूबाहेक आयोगले प्रहरीका तत्कालीन आईजीपी चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बलका राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापालाई समेत कारबाही गर्न सिफारिस गरेको छ ।