काठमाडौं । आज (साउन ९ गते) देखि ५ बर्ष उमेरभन्दा मुनिका बालबालिकालाई पोलियो थोपा खुवाउने कार्यक्रम सुरु भएको छ ।
काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका ५ वर्ष मुनिका बालबालिकालाई साउन १२ गतेसम्म पोलियो खोप अभियान सञ्चालन हुनेछ ।
यसका लागि स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयमसेविका घर घरमा आउनेछन् । उनीहरुले ५ वर्ष मुनिका बालबालिकालाई पोलियो थोपा खुवाउनेछन् ।
नियमित खोप लिएका बालबालिकालाई पनि पोलियो थोपा खुवाउनु पर्छ । काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले महानगरबासीलाई यो अभियानमा सहभागी हुन आग्रह गरेको छ ।
FACEBOOK COMMENTS