काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले सवारीसाधनबाट हुने प्रदूषण नियन्त्रणका लागि नियमित परीक्षण तथा छड्के अनुगमन सुरु गरेको छ ।
वातावरण विभागले सवारीसाधनको प्रदूषण परीक्षण र अनुगमन थालेको हो ।
कार्यतालिकाअनुसार हप्तामा पाँच दिन सवारीसाधनको प्रदूषण परीक्षण गरिने र त्यसमध्ये तीन दिन सडकमा सञ्चालन हुने सवारीसाधन र दुई दिन विद्यालयका सवारीसाधनको परीक्षण गरिने विभागले जनाएको छ ।
अनुगमनका क्रममा प्रदूषण मापदण्ड पालना भए–नभएको जाँच गरिने र परीक्षण तथा अनुगमनलाई प्रभावकारी बनाउन सम्बन्धित निकायसँग आवश्यक समन्वय गरिने वातावरण विभागले जनाएको छ ।
