काठमाडौं । इरानको दक्षिणी प्रान्त होर्मोजगानस्थित बान्दर अब्बास सहरमा रहेको शाहिद राजाई बन्दरगाहमा शनिबार शक्तिशाली विस्फोट भएको छ । विस्फोटमा परी पाँच सय जनाभन्दा धेरै घाइते भएको त्यहाँका सञ्चार माध्यमहरूले जनाएका छन् ।
सरकारी टेलिभिजनले आपतकालीन सेवाहरूलाई उद्धृत गर्दै जनाएअनुसार विस्फोटमा परी पाँच सय १६ जना घाइते भएका छन् र उनीहरूलाई नजिकैका स्वास्थ्य केन्द्रहरूमा भर्ना गरिएको छ ।
घाइतेको सङ्ख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ ।
शाहिद राजाई बन्दरगाह इरानको सबैभन्दा ठूलो व्यापारिक बन्दरगाह हो । बन्दरगाहका अधिकारीहरूले ठूलो सङ्ख्यामा कन्टेनरहरूमा विस्फोट भएपछि भीषण आगलागी भएको बताएका छन् ।
अहिलेसम्म आगलागीको कारण खुलेको छैन । सरकारी टेलिभिजनमा प्रसारित तस्बिरहरूमा घटनास्थलबाट धुवाँको ठूलो मुस्लो उठेको देखिन्छ ।
FACEBOOK COMMENTS