काठमाडौं । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ र प्रभु बैंकबिच कर्जा प्रवाहका लागि सम्झौता भएको छ ।
सहकारीका सदस्य किसानलाई लक्षित गरी ऋण कर्जा प्रवाह गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
समझदारी पत्रमा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाको तर्फबाट संस्थाका अध्यक्ष किशोर बगाले र प्रभु बैंकको तर्फबाट प्रदेश प्रमुख सांग्रीला श्रेष्ठले हस्ताक्षर गरे ।
बैंक अफ द इयर २०२३ को उपाधि पाएको बैंकले ३११ शाखा, २८४ एटीएम, ६९ एक्सटेन्सन काउन्टर मार्फत सेवा दिइरहेको जनाएको छ ।
FACEBOOK COMMENTS