काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक, कर्मचारी र कर्मचारीका परिवारसम्मले फ्रन्टलाइन अस्पतालमा विशेष छुट पाउने भएका छन् ।
उक्त छुट सुविधा उपलब्ध गराउन बैंकले अस्पतालसँग सम्झौता गरेको छ । सो सम्झौतामा फ्रन्टलाइन हस्पिटलका तर्फबाट क्लिनिकल अध्यक्ष योगेश न्यौपाने र मेडिकल प्रशासक रोहन झा तथा प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर रमेश कुमार श्रेष्ठ र मार्केटिङ म्यानेजर दिना चित्रकारले हस्ताक्षर गरेका छन् ।
सम्झौतासँगै अबदेखि प्रभु बैंकका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरूले १०% छुट पाउने छन् ।
फ्रन्टलाइन अस्पताल काठमाडौं महानगरपालिका–१० पुरानोबानेश्वरमा रहेको छ ।
FACEBOOK COMMENTS