काठमाडौँ । संयुक्त जेनजी आन्दोलनका युवाहरूले नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डलाई पार्टी कार्यालय पेरिसडाँडामा भेट गरेका छन् ।
संयोजकसँगको भेटमा आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीले जेन्जीका मुद्धाहरुलाई घोषणापत्रमा राखेर जानुपर्ने माग राखेका तिह्ये । साथै उनीहरुले नेपाली कम्युनिष्ट पार्टीलाई सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
जेनजी संयुक्त जेन्जी आन्दोलनका युवाहरूका माग र विषयहरू सुनेपछि संयोजक प्रचण्डले जेनजी आन्दोलनले उठाएका मुद्दाहरू नेपाली कम्युनिष्ट पार्टीकै मुद्दा भएको बताए । साथै, ‘२३ गते जेन्जी आन्दोलनले उठाएका मुद्दा र मागहरूको समर्थन गर्ने पहिलो दल हामी नै हौ’ संयोजक प्रचण्डले भने ।
FACEBOOK COMMENTS