काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका नेतृत्वकर्ता दुर्गा प्रसाईंले राजा वीरेन्द्रको बंशनाश गर्ने योजना तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानसेनापति प्रज्वल शमशेर जङ्ग बहादुर राणा (जवरा) को भएको खुलासा गरेका छन् ।
प्रचण्डसहितको संलग्नतामा पश्चिमा शक्ति र पश्चिमा देशका मतियारका रूपमा कनकमणि दिक्षित तथा तत्कालीन प्रधानसेनापति राणाको योजनामा दरबार हत्याकाण्ड भएको दाबी उनले गरेका छन् ।
‘पश्चिमाहरू र कनकमणिहरूको डिजाइनमा, प्रज्वल शमशेरको डिजाइनमा, तपाइँहरूकै डिजाइनमा राजदरबारको बंशनाश गरियो । अहिले आएर राजा ज्ञानेन्द्रलाई दोष लगाउने ? यो कुरा बोलिदिने मान्छे छैन भनेर नहेप्नुहोस्,’ उनले भनेका छन् ।
राजालाई मुर्तिचोर र भाइमाराको संज्ञा दिँदै उत्तेजक अभिव्यक्ति दिँदै आएका प्रचण्डलाई दुर्गा प्रसाईंले धेरै हेपेर नबोल्न चेतावनी समेत दिएका छन् । उनले आफू प्रचण्डको नजिक रहेर काम गरेको भएर सबै कुरा थाहा भएको र समयक्रमसँगै बाहिर ल्याउने सङ्केत समेत गरेका छन् ।
राजदरबार हत्याकाण्डका बेला प्रज्वल शमशेर जबरा शाही नेपाली सेनाका प्रधान सेनापति थिए । सो रहस्यमय घटनाकाबारे राणाले राजाको रक्षा गर्ने काम सेनाको होइन भन्ने प्रतिक्रिया दिएपछि उनी विवादमा परेका थिए ।
यो पनि पढ्नुहोस्–
‘नेपालको व्यवस्था परिवर्तनमा साथ नदिए भारत टुक्रिन्छ, मणिपुर क्रिश्चियन राज्य बन्छ’
FACEBOOK COMMENTS