काठमाडौं । नेकपा माओवादी केन्द्रको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकपछि बाहिरने क्रममा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पत्रकारहरूले प्रश्न सोधे- गृहमन्त्री कसलाई बनाउनुहुन्छ ? प्रधानमन्त्री दाहालले जवाफ दिए- बनेपछि थाहा पाउनुहुन्छ।
प्रधानमन्त्री दाहालले यसबाहेक थप विषयमा कुराकानी गरेनन्।राष्ट्रिय स्वतन्त्र पार्टीले पनि गृह मन्त्रालय दाबी गरिरहेको छ। सभापति रवि लामिछाने उपप्रधान एवं गृहमन्त्री थिए तर नागरिकता मुद्दामा उनको सांसद पद बदर भएसँगै गत शुक्रबार उनले उपप्रधान एवं गृहमन्त्रीबाट राजीनामा दिएका थिए।
आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर लामिछानेले नेपाली नागरिकता पुनस् कायम गरिसकेका छन् भने आइतबार नै उनी रास्वपाको सभापति भइसकेका छन्।
FACEBOOK COMMENTS