काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र साहले विभिन्न अध्यादेश पेस गर्ने भएका छन् । सोमबार दिउँसो २ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शाहले विभिन्न अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची तय गरिएको छ ।
संघीय संसदको बजेट अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । आज पहिलो बैठकमै सरकारको नीति कार्यक्रम प्रस्तुत हुने कार्यसूची रहेको छ । त्यसअघि प्रतिनिधिसभाको बैठक बस्नेछ ।
बैठकमा प्रधानमन्त्री शाहले ‘सार्वजनिक खरिद ९दोस्रो संशोधन० अध्यादेश, २०८३’ पेस गर्ने सम्भावित कार्यसूची छ । यस्तै, ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ र ‘संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि० ९पहिलो संशोधन० अध्यादेश, २०८३’ पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
यस्तै, अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण ९मनी लाउन्डरिङ० निवारण ९तेस्रो संशोधन० अध्यादेश, २०८३’ पेस गर्नेछन् । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

