काठमाडौँ– अन्तिरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेपछि मन्त्रिपरिषद् विस्तार हुने भएको छ ।
शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री पदका लागि नियुक्ति पाएपछि आइतबार आज प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गर्दै मन्त्रिपरिषद् विस्तार गर्ने उनको सचिवालयले जनाएको छ ।
कार्की नेतृत्वको अन्तरिम सरकारमा कतिजना मन्त्री बन्दैछन् भन्ने कुराको टुंगो लाग्न बाकी रहेको छ । केही मन्त्रीको शपथ ग्रहण आजै हुने आकलन गरिएको छ ।
मन्त्री हुनेमा कुलमान घिसिङ, बालानन्द शर्मा, ओमप्रकाश अर्याललगायतको नाम चर्चामा रहेको छ । प्रधानमन्त्री कार्कीले शनिबार जेनजी आन्दोलनमा घाइते भएर विभिन्न अस्पतालमा उपचाररत्
घाइतेहरूलाई भेटिस्वास्थ्य अवस्थाको बारेमा जानकारी समेत लिइएकी छन ।
FACEBOOK COMMENTS