काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरु हुनुअघि सञ्चारकर्मीहरूलाई दृश्य संकलन (भिडियो खिच्न) मा अवरोध पुर्याइएको छ ।
कार्यालय बाहिरबाट भिडियो खिचिरहेका सञ्चारकर्मीहरूलाई प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले रोक्न निर्देशन दिएपछि सुरक्षाकर्मीले कडाइ गरेका हुन् ।
मन्त्रिपरिषद् बैठकमा सहभागी हुन पुगेका प्रधानमन्त्री बालेनले बाहिरबाट भिडियो खिचिरहेका पत्रकारहरूतर्फ संकेत गर्दै सुरक्षाकर्मीहरूसँग असन्तुष्टि व्यक्त गरेका थिए ।
प्रधानमन्त्री कार्यालयभित्र प्रवेश गरेलगत्तै त्यहाँ तैनाथ सुरक्षाकर्मीहरूले बाहिर रहेका भिडियो पत्रकारहरूलाई सो स्थानबाट तत्काल निस्कन र दृश्य संकलन नगर्न आदेश दिएका थिए ।