काठमाडौं । पियोर इनर्जीको आइपीओमा १४ दशमलव ६६ गुणा बढी आवेदन परेको छ ।
पियोर इनर्जीको आइपीओमा १ अर्ब ७५ करोड ३१ लाख ६० हजार रुपैयाँ बराबरको आवेदन परेको हो ।
सीडीएसका अनुसार आइतबार (चैत ३१ गते) साँझ ५ः०७ बजेसम्ममा १४ लाख ८३ हजार ६३५ जनाले १ करोड ७५ लाख ३१ हजार ६०० कित्ताको लागि आवेदन दिएका छन् ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता सेयर बिक्री खुला गरेको हो । चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो ।
यस आइपीओमा सर्वसाधारणले वैशाख २ गतेसम्म आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन पाइनेछ । कम्पनीको आइपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर मार्फत आवेदन दिन सकिनेछ ।
FACEBOOK COMMENTS