काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न झापा पुगेका रवि लामिछानेलाई कुनै वास्ता नगरिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जन्म भएको रहस्य उद्घाटन भएको छ ।
रास्वपाका पूर्वमहामन्त्री मुकुल ढकालको दाबी अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी खोल्नुअघि राजतन्त्र वा गणतन्त्र कुन पक्षधर समात्ने भनेर वहस हुँदा राजालाई भेट्न लामिछाने झापासम्म पुगेका थिए । तर, आफूहरूको प्रस्तावमाथि ज्ञानेन्द्र शाहले कुनै वास्ता नगरेपछि गणतन्त्रकै लाइनमा रास्वपाको जन्म भएको उनको नभाइ छ ।
यसबारे मुकुल ढकाल लेख्छन्–
राष्ट्रिय स्वतन्त्र पार्टी खोल्नु अघि ‘राजतन्त्र’को लाइन लिने कि ‘गणतन्त्र’को भनेर रवि दाइ र मबीच छलफल भयो । त्यतिबेला छलफल गर्नका लागि कोही थिएन, जे जति हुन्थ्यो, हामी दुईबीच नै हुन्थ्यो । राजासँग भेट्न रवि दाइ झापासम्म जानुभयो । राजा र राजाका नजिकका मान्छेसँग उहाँको दुई–चार पटक कुरा पनि भयो । रवि दाइ राजतन्त्रलाई समातेर जाने लाइनमा हुनुहुन्थ्यो ।
त्यतिबेला मैले रवि दाइलाई भने, ‘राजा ल्याउने वा आउने कुरा हामीले गरेर हुन्न, राजा आफैँले बोल्नपर्छ । जसलाई ल्याउन खोजेको हो, उ आफैँले त ‘म आउने हो’ भन्न पर्यो नि । ‘राजा बोल्न तयार भएनन्, तर त्यसपछि पनि रवि दाइले ‘राजतन्त्र’लाई कुनै न कुनै ढङ्गले समेटौ भनिराख्नुभयो । मैले प्रस्ताव राखेँ, रवि दाइले त्यहि अनुसार राजासँग पनि कुरा गर्नुभयो । मेरो प्रस्ताव थियो– ‘राजाको निजी सम्पत्ति नहुने, जनताले राजालाई पाल्ने, राजाको सम्पत्ति ट्रस्टमा लगेर सकेसम्म सबै जिल्ला नत्र कम्तिमा हालका प्रदेश राजधानीमा एक–एक वटा ठूला स्कुल र अस्पताल खोलौँ । यति घोषणा गरी एकैपटक स्कुल र अस्पतालहरूको शिलान्यास गरौँ ।’ राजाबाट सकारात्मक कुरा आएन । राजाबाट सकारात्मक कुरा नआएपछि, गणतन्त्र कै लाइनमा पार्टी खोल्ने निर्णय गर्यौँ ।
FACEBOOK COMMENTS