काठमाडाैँ। राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक प्रहरी हिरासतमै बसेको छ । सो पार्टीका केन्द्रीय सदस्य ज्वाला सङ्ग्रौलाले हिरासत भित्र रास्वपा सभापति रवि लामिछानेसहित उपसभापतिहरू डा।स्वर्णिम वाग्ले, डीपी अर्याल र मनिष झाको विशेष बैठक बसेको छ । उनलाई चौथौ पटकसम्म म्याद थप गरेपछि रास्वपाले आगामी रणनीति बनाउने पार्टी सभापतिसँग छलफल गरेर अघि बढ्ने योजना अघि सारेका हुन् ।
रास्वपा सभापति लामिछाने कात्तिक ३ गतेदेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । लामिछानेमाथि सहकारीको रकम अपचलन गरेको आरोपमा प्रहरीले काठमाडौँबाट पक्राउ गरी पोखरा लगेर अनुसन्धान गरिरहेको छ ।
FACEBOOK COMMENTS