काठमाडौँ । बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंह दोस्रोपटक आमाबुबा बनेका छन् । दीपिकाले दोस्रो सन्तानका रूपमा छोरीलाई जन्म दिएकी छन् ।
दम्पतीले सामाजिक सञ्जालमा नवजात छोरीको खुट्टाको छापको तस्बिर सार्वजनिक गर्दै खुसीको खबर दिएका हुन् ।
दीपिका र रणवीरले गत अप्रिल १९ मा दोस्रो सन्तानको आगमनको घोषणा गरेका थिए । उनीहरूले सामाजिक सञ्जालमा पहिलो छोरी दुआको तस्बिर सार्वजनिक गरेका थिए ।
दीपिका र रणवीरले सन् २०२४ सेप्टेम्बर ८ मा पहिलो सन्तानका रूपमा छोरी दुआ जन्मिएको जानकारी दिएका थिए ।
दीपिका र रणवीरको प्रेमसम्बन्ध सन् २०१३ मा चलचित्र ‘गोलियों की रासलीला राम-लीला’को छायांकनका क्रममा सुरु भएको थियो । लामो समय प्रेमसम्बन्धमा रहेपछि उनीहरूले सन् २०१८ मा इटालीमा विवाह गरेका थिए ।
