काठमाडौं । धार्मिक कार्यक्रममा सहभागी हुन पूर्व राजा ज्ञानेन्द्र शाह गोरखा भ्रमणमा जाने भएका छन् ।
पूर्व राजाले शाहले यो साता मनकामना गोरखनाथ, र गोरखकाली मन्दिरमा पूजा गर्ने उनको सम्वाद सचिवालयले जनाएको छ ।
गोरखनाथको आशीर्वाद र प्रेरणाका कारण पृथ्वीनारायण शाहले जित हासिल गरेको विश्वास छ ।
पूर्व राजाले वर्तमान राजनीतिक व्यवस्थाप्रति असन्तुष्टि जनाउदै आएका छन् । लामो समय पोखरा बसेर फर्कने क्रममा गत फागुन २५ गते पूर्व राजाको काठमाडौंमा भव्य स्वागत भएको थियो ।
FACEBOOK COMMENTS