काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जलविद्युत आयोजनाहरूको प्राथमिक शेयर (आईपीओ) निष्कासनका लागि कमिशन माग्नेहरूलाई कारबाहीको माग गरेका छन् ।
प्रतिनिधिसभाको आज शुक्रबारको बैठकमा उनले ऊर्जा उत्पादकहरूले आईपीओमा ७ प्रतिशतसम्म कमिशन माग्दै बिचौलियाहरू आफ्नो घरदैलोमा पुगेको भनिरहँदा उनीहरूलाई किन कारबाही नगरिएको भनी प्रश्न गरे ।
उनले आईपीओ निष्कासन रोकिँदा दुई वर्षदेखि ऊर्जा उत्पादकहरू पीडामा रहेको बताए ।
‘तपाईंहरू (सरकार) धितोपत्र बोर्डको शुद्धीकरण गर्ने भन्नुहुन्छ । बोर्ड दलाली गरेर बसिराखेको छ,’ सांसद लिङ्देनले भने, ‘जनताको लगानीमा विद्युतको विकास, ऊर्जाको विकास गर्ने, २८ हजार मेगावाटका कुरा गर्नुहुन्छ । दुई वर्षदेखि शेयर निष्कासन गर्न नपाएर/नभएर ऊर्जा उत्पादकहरू रोएर बस्नु परिरहेको छ । ऊर्जा उत्पादकहरूले सार्वजनिक रूपमा दलाल र बिचौलियाहरू ७ प्रतिशतसम्म कमिशन माग्दै आफ्नो घरदैलोमा आइरहेको भन्दाखेरि कारबाही हुनुपर्दैन ?’

कमिशन मागेको आरोपपछि नेपाल धितोपत्र बोर्डका पदाधिकारीले प्रमाण खोजेको प्रसङ्ग निकाल्दै उनले कमिशन माग्न गएको प्रमाण नहुने र दुई वर्षदेखि आईपीओ रोकेर राख्नु नै यसको प्रमाण भएको बताए ।

‘धितोपत्र बोर्डवालाहरू प्रमाण चाहियो, त्यस्तो प्रमाण कहाँ छ भन्छन् । कमिशन माग्न गएको प्रमाण हुन्छ ?,’ उनले प्रश्न गर्दै भने, ‘दुई वर्षदेखि शेयर निष्कासन किन र के प्रयोजनका लागि रोकेर राखियो ? त्यही हो प्रमाण ।’

यी समाचारहरू पनि पढ्नुहोस्–

आईपीओमा कमिशन मागेपछि बोर्डमा अख्तियारको छापा, ८९ कम्पनीको फाइल नियन्त्रणमा
आईपीओमा कमिशन मागेपछि बोर्डमा अख्तियारको छापा, ८९ कम्पनीको फाइल नियन्त्रणमा
आईपीओमा कमिशन मागेपछि बोर्डमा अख्तियारको छापा, ८९ कम्पनीको फाइल नियन्त्रणमा
FACEBOOK COMMENTS