काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज ४० वर्षमुनिका युवाहरूसँग छलफल गर्दै छ ।
आज दिउँसो १:३० बजेदेखि राष्ट्रिय सभागृहमा हुने कार्यक्रमको नाम ‘अवस्था बदल्न व्यवस्था परिवर्तन किन ? युवासँग राप्रपा’ राखिएको छ ।
अध्यक्ष राजेन्द्र लिङ्देनले आन्दोलन किन गर्न लागेको ? किन राजा ? कस्तो राजा ? युवा किन राजनीतिमा ? लगायतका प्रश्नको जवाफ दिने बताएका छन् ।
राप्रपाले जेठ १५ गतेदेखि गर्न लागेको राजावादी आन्दोलनको सन्दर्भमा ४० वर्षमुनिका युवाहरूसँग छलफल गर्न लागेको बताएको छ ।
यस कार्यक्रममा राजतन्त्रबारे युवाहरूको जिज्ञासाको जवाफ दिने र आन्दोलनबारे उनीहरूको राय लिने राप्रपाले बताएको छ ।
FACEBOOK COMMENTS