काठमाडौं । नयाँ अन्तरिम सरकार गठन गर्ने विषयमा जेन्जीका प्रतिनिधिहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रत्यक्ष वार्ता गर्ने मनसाय व्यक्त गरेका छन् ।
प्रधानसेनापति अशोकराज सिग्देलको मध्यस्थतामा भइरहेको छलफललाई जेन्जीले प्रत्यक्ष गर्न चाहे पनि राष्ट्रपति रामचन्द्र पौडेलले भने नमानेको बताइएको छ ।
प्रत्यक्ष वार्ताका लागि शीतल निवास पुगेका जेन्जीका प्रतिनिधिहरूले घन्टौँ कुर्दा पनि भेट नदिएको पनि राष्ट्रपति पौडेलको आलोचना सुरू भएको छ । उनले राजनीतिक दलको इशारामा जेन्जीसँग वार्ता नगरेको तथा जेन्जीको मुद्दालाई कमजोर बनाउन खोजेको आरोप लाग्न थालेको छ ।
FACEBOOK COMMENTS