काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघकी निवर्तमान अध्यक्ष भवानी राणा ट्युनिसियाका लागि अवैतनिक वाणिज्यदूत नियुक्त भएकी छिन्।
राणाले आइतबार अवैतनिक वाणिज्यदूतको पत्र बुझेकी हुन्। उक्त जिम्मेवारी पाएकोमा राणाले ट्युनिसिया सरकार र नेपाल सरकारलाई धन्यवाद दिएकी छन् । उनले नेपाल र ट्युनिसियाबीच व्यापार अभिवृद्धिका लागि पहल गर्ने बताएकी छन् ।‘दुई देशबीच व्यापारिक कारोबारलाई बढाउन महत्वपूर्ण भूमिका खेल्नेछु,’ उनले भनिन्, ‘नेपालबाट गलैँचा र हस्तकलाका सामान निकासी हुने गर्छ। ती वस्तुको निकासी बढाउन पहल गर्नेछु।’
उनले नेपालमा व्यापारबाहेक पर्यटन प्रवर्द्धनमा समेत सम्भावना रहेको भन्दै पर्यटन प्रवर्द्धनका लागि समेत काम गर्ने प्रतिवद्धता जनाएकी छन्।