काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने भएको छ।
बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले तत्काल सरकार नछोडने निर्णय गरेको हो । बैठक दुई दिनका लागि स्थगित गरिएको बताइएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा, राप्रपाका अध्यक्ष राजेन्द्र लिंगदेन लगायतले दुई दिनको समय मागेकोले अहिलेलाई बैठक स्थगित गरिएको प्रवक्ता मुकुल ढकालले बताए ।
बैठकले उच्च राजनीतिक संयन्त्रको बैठक बोलाउन माग गर्ने निर्णय गरेको उनले बताए । ‘उहाँहरूले दुई दिनको समय मागेकोले दुई दिनपछि आवश्यक निर्णय गर्नेछौं’, उनले भने।
माघ १३ गते सर्वोच्च अदालतले रास्वपा सभापति लामिछानेले कायम नरहेको नागरिकता प्रयोग गरी प्रतिनिधि सभा चुनाव लडेको भन्दै उनको सांसद पद बदर गरिदिएपछि पछिल्लो राजनीतिक घटनाक्रम विकसित भएको हो । अदालतको आदेशपछि लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाएका थिए।
FACEBOOK COMMENTS