काठमाडौं । रसुवाको भोटेकोसीमा आएको बाढीमा सात जनाको मृत्यु भएको छ।
नेपाल प्रहरीका अनुसार, बुधबार मध्याह्नसम्म सात जनाको शव भेटिएको बागमती प्रदेश प्रहरी प्रमुख दीपक रेग्मीले जानकारी दिए।
उनका अनुसार, नुवाकोटको नदी किनारमा तीन जना र धादिङमा चार जनाको शव फेला परेको छ।
बाढी आएपछि भागेर पहाडतिर गएकाहरूलाई धुन्चेमा ओसार्ने काम भइरहेको प्रहरीले जनाएको छ।