काठमाडौं । विगत दुई वर्षदेखि काठमाडौंका विभिन्न स्थानमा फिटनेस सेन्टर सञ्चालन गर्दै आएको रिगल फिटनेसले गोल्फुटारमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । जनैपूर्णिमाको अवसर पारेर शुक्रबार रिगल फिटनेसले गोल्फुटारमा नयाँ शाखाको औपचारिक रूपमा सञ्चालन सुरु गरेको हो ।
काठमाडौंको सिटी सेन्टरबाट सेवा सुरु गरेको रिगल फिटनेसले पछिल्लो समय आफ्नो सेवा विस्तार गर्दै टेकु, भंगाल र गोल्फुटारमा शाखा सञ्चालनमा ल्याएको छ । आधुनिक प्रविधि र अन्तर्राष्ट्रियस्तरको सेवा तथा सुविधा सहित फिटनेस क्षेत्रलाई व्यवस्थित र व्यावसायिक बनाउने उद्देश्यले शाखा विस्तार गरिएको सञ्चालकले बताएका छन् ।
गोल्फुटार शाखामा अत्याधुनिक तथा स्वचालित जिम मेसिन सहित विभिन्न प्रकारका फिटनेस उपकरणहरू राखिएका छन् । सदस्यहरूको आवश्यकता, उमेर तथा शारीरिक अवस्था अनुसार व्यायाम गर्न सकिने गरी उपकरण र प्रशिक्षणको व्यवस्था गरिएको रिगल फिटनेसले जनाएको छ । त्यस्तै, दक्ष तथा अनुभवी प्रशिक्षक मार्फत नियमित प्रशिक्षण तथा फिटनेस सम्बन्धी परामर्श समेत उपलब्ध गराइने बताइएको छ ।
रिगल फिटनेसका प्रबन्ध निर्देशक रोजल शाहीले पछिल्लो समय मानिसहरू आफ्नो स्वास्थ्य र शारीरिक तन्दुरुस्ती प्रति थप सचेत बन्दै गएको भन्दै फिटनेस सेन्टरलाई जिम गर्ने ठाउँका रूपमा मात्र नभई स्वस्थ जीवनशैली विकास गर्ने स्थानका रूपमा अघि बढाउन खोजिएको बताए ।
“हामीले रिगल फिटनेसलाई केवल जिम गर्ने ठाउँका रूपमा मात्र विकास गर्न खोजेका छैनौँ । मानिसहरू आफ्नो शरीरलाई तन्दुरुस्त राख्न, स्वास्थ्य सुधार गर्न र दैनिक जीवनको तनावबाट फ्रेस हुन आउने वातावरण बनाउने हाम्रो उद्देश्य हो,” शाहीले भने ।

गोल्फुटार शाखा बिहान ५ बजे देखि राति १० बजेसम्म सञ्चालन हुने शाहीले जानकारी दिए । बिहानैदेखि रातिसम्म सेवा उपलब्ध हुँदा विद्यार्थी, व्यवसायी, कर्मचारी तथा विभिन्न पेशामा आबद्ध व्यक्तिहरूलाई आफ्नो समयअनुसार व्यायाम गर्न सहज हुने उनको भनाइ छ ।
“अहिले हामी बिहान ५ बजेदेखि राति १० बजेसम्म सेवा दिइरहेका छौँ । भविष्यमा जिमलाई २४सै घण्टा सञ्चालन गर्ने विषयमा पनि हामी सकारात्मक छौँ । त्यसका लागि आवश्यक नीतिगत तथा व्यावहारिक विषयहरू आफ्नो ठाउँबाट उठाउने प्रयास गर्छौँ,” उनले भने ।
रिगल फिटनेसको गोल्फुटार शाखामा जिमसँगै साउना र स्टिम बाथको समेत सुविधा उपलब्ध गराइएको छ । व्यायामपछि शरीरलाई रिल्याक्स गराउन, थकान कम गर्न तथा मानसिक रूपमा समेत फ्रेस हुन यी सुविधाले सहयोग गर्ने सञ्चालकको भनाइ छ ।
“हामीकहाँ जिमसँगै साउना र स्टिम बाथको सुविधा पनि छ । मानिसहरू केवल शरीर बनाउन मात्रै होइन, आफ्नो समग्र स्वास्थ्यलाई राम्रो बनाउन र केही समय रिल्याक्स तथा फ्रेस हुन पनि यहाँ आउन सकून् भन्ने हाम्रो सोच हो,” शाहीले बताए ।
पछिल्लो समय काठमाडौंमा फिटनेस सेन्टर प्रति मानिसहरूको आकर्षण बढ्दै गएको छ । व्यस्त जीवनशैली, खानपानमा आएको परिवर्तन तथा स्वास्थ्यप्रतिको बढ्दो सचेतनाका कारण युवादेखि विभिन्न उमेर समूहका मानिसहरू नियमित व्यायाम र शारीरिक गतिविधिमा जोडिन थालेका छन् । विशेषगरी युवापुस्तामा शरीरलाई फिट राख्ने, तौल नियन्त्रण गर्ने तथा शारीरिक क्षमता बढाउने उद्देश्यले जिम जाने क्रम बढेको देखिन्छ ।
यही बढ्दो मागलाई ध्यानमा राख्दै रिगल फिटनेसले अत्याधुनिक उपकरण, दक्ष प्रशिक्षक र जिमसँगै साउना तथा स्टिम बाथजस्ता सुविधालाई एउटै स्थानमा उपलब्ध गराउने प्रयास गरेको जनाएको छ । आगामी दिनमा सेवाको गुणस्तर अझ सुधार गर्दै काठमाडौंका अन्य स्थानमा समेत शाखा विस्तार गर्ने योजनामा रहेको रिगल फिटनेसले जनाएको छ ।
गोल्फुटार शाखाको सञ्चालनसँगै रिगल फिटनेसले काठमाडौंमा आफ्नो सेवा विस्तारलाई थप तीव्र बनाएको छ । फिटनेससँगै स्वस्थ जीवनशैली र नियमित शारीरिक अभ्यासको संस्कार विकास गर्ने लक्ष्यका साथ अघि बढिरहेको रिगल फिटनेसले जनाएको छ ।