काठमाडौं । पत्रकार ऋषि धमलालाई प्रधानमन्त्री शेरबहादुर देउवा चढेको विमानभित्र गलत हर्कत गरेको विषयमा नेपाल प्रेस काउन्सिलले पत्र काटेको छ ।
विमानका कर्मचारीले रोक्दारोक्दै निषेध गरिएको स्थानमा बलजफ्ती प्रवेश गरेका कारण २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न काउन्सिलले धमलालाई पत्र काटेको हो ।शुक्रबार प्रधानमन्त्री देउवा भारत भ्रमणबाट फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानभित्र धमलाले जवरजस्ती छिरेर भिज्युअल रेकर्ड गरी समाचार सम्प्रेषण गरेका थिए ।
काउन्सिलले पठाएको पत्रमा भनिएको छ, ‘सुरक्षा संवेदनशीलतालाई नजरअन्दाज गरी वायुसेवाका सम्बद्ध कर्मचारीले प्रसारण गर्न नमिल्ने भन्दाभन्दै पत्रकार तथा सञ्चारमाध्यमले बलजफ्ती रूपमा निषेध गरिएको क्षेत्रमा प्रवेश गरेको दृष्यसहितको प्रत्यक्ष प्रसारण के कति कारणले गर्नुपरेको हो ? त्यहाँबाट पटक-पटक यस्तो गैरपेशागत क्रियाकलाप किन हुन पुगेको हो ?
काउन्सिलको स्वअनुगमनमा पनि जबरजस्तीरूपमा निषेध गरिएको क्षेत्रमा छिरेर भिजुअल रेकर्ड गरी सम्प्रेषण गरेको देखिएको पत्रमा उल्लेख छ ।
FACEBOOK COMMENTS