![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेतालाई आज राष्ट्रपतिले गर्ने सम्बोधनमा सहयोग गर्न आग्रह गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहानै बोलाएर कांग्रेस महामन्त्री गगनकुमार थापा र प्रमुख सचेतक रमेश लेखकलाई यस्तो आग्रह गरेका हुन् ।
सरकारले आज अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले पेस गर्ने कार्यसूची रहेको छ । त्यसमा विरोध नगर्न कांग्रेसका नेताहरूलाई आग्रह गरेका हुन् ।
कांग्रेसले सहकारीको बचत अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ ।
सहकारी ठगी प्रकरणमा देखिएका समस्या समाधान गर्न आफू लागिपरेको प्रधानमन्त्रीले जानकारी गराएका छन् ।
केही समयमा नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । बैठकले छलफल गरेर निष्कर्षमा पुग्ने बताइएको छ ।
कांग्रेस संसदीय दलको बैठक बिहान ९ बजेका लागि बोलाएको छ ।
FACEBOOK COMMENTS