काठमाडौं । रिभर फल्स पावर लिमिटेडले चैत २७ गतेदेखि साधारण सेयर (आईपीओ) विक्री खुला गर्ने भएको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात् संखुवासभा जिल्लाका बासिन्दाहरूका लागि प्रतिकित्ता १०० अंकित मूल्यका ७ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो ।
निष्काशन बन्द छिटोमा २०७९ वैशाख ११ गते हुने छ भने ढिलोमा वैशाख २६ गते हुने छ । आईपीओमा रिभर फल्स पावर लिमिटेडकोा आयोजना कार्यालय, संखुवासभा, प्राइम कमर्सियल बैंकको खाँदवारी, तुम्लिङटार र सभापोखरी शाखा, प्रभु बैंकको खाँदवारी शाखा र ग्लोबल आईएमई बैंकको खाँदवारी र चैनपुर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा एक लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
FACEBOOK COMMENTS