काठमाडौं । आरओके प्रडक्ट इन्डष्ट्रीजका प्रबन्ध निर्देशक विष्णुहरि घिमिरेलाई ‘कर्पोरेट बिजनेश एक्सिलेन्सी अवार्ड, २०८०’ प्रदान गरिएको छ ।
कर्पोरेट म्यागजिनको अवार्ड विशेष अङ्क पढ्न यहाँ क्लिक गर्नुहोस्
कर्पोरेट मिडिया ग्रुप (कर्पोरेट म्यागजिन र कर्पोरेट खबर अनलाइन) ले आफ्नो १६औँ वार्षिकोत्सवको अवसरमा उनलाई बेष्ट म्याट्रेस इन्डष्ट्री अफ द इयरका रूपमा कर्पोरेट बिजनेश एक्सिलेन्सी अवार्ड प्रदान गरेको हो ।
म्याट्रेस तथा कार्पेट उत्पादन र बिक्रीको क्षेत्रमा करिब २५ वर्ष बिताएका विष्णुहरि हाल आरओके प्रडक्ट इन्डष्ट्रीजको प्रबन्ध निर्देशक छन् ।
१२ वर्षसम्म अन्य पसलमा काम गरी विभिन्न अनुभव हासिल गरेका उनले २०६९ सालदेखि आफैंले उद्योग स्थापना गरी म्याट्रेस तथा कार्पेट उत्पादन र बिक्री गर्दै आएका छन् । फाइबर र म्याटे«समा मुलुक आत्मनिर्भर बनिसकेको बताउने उनी अरुसँग स्वस्थ प्रतिस्पर्धा गर्नुपर्ने र त्यसका लागि आफ्ना उत्पादनहरू गुणस्तरीय तथा विश्वासिलो हुनुपर्नेमा जोड दिन्छन् ।
आरओकेले आईएसओ सर्टिफाइड उच्च गुणस्तरका विभिन्न प्रकारका म्याट्रेसहरू बिक्री गरिरहेको छ । जहाँ एन्टि एलर्जिक, एन्टी ब्याक्टेरिया र अर्थोपेडिकल्ली एप्रुभ्ड सामान पाइन्छ ।
यस्तै, आरओके नेचुरल लेटेस्ट म्याट्रेस, मेमोरी फम म्याट्रेस, पीयू फम म्याट्रेस, पकेट स्प्रिङ म्याट्रेस, स्प्रिङ म्याट्रेस, डिलक्स म्याट्रेस, कोन्डेड किङ म्याट्रेस, क्वेयर म्याट्रेस, आरओके क्वेयर्ड, आरओके पिलो र आरओके पीई म्याट्रेस उत्पादन तथा बिक्री गर्दै आएको छ ।
FACEBOOK COMMENTS