काठमाडौं । सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले शुक्रबार आफ्नो प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदन सार्वजनिक भएसँगै सहकारी ठगी प्रकरणमा नयाँ-नयाँ खुलासाहरू भएका छन् ।
यसैबीच सुप्रिम बचत तथा ऋण सहकारी संस्थाकी कर्मचारी रोशनी गुरूङले आफूले रवि लामिछानेको नाममा सहकारीमा खाता खोलिदिएको बताएकी छन् ।
छानबिन समितिले सार्वजनिक गरेको प्रतिवेदनमा उनले सो बयान दिएको उल्लेख छ ।
उनले व्यवस्थापक सागर केसीले भनेपछि आफूले ग्लोबल बैंकमा रवि लामिछानेको नाममा दुई करोड रूपैयाँ जम्मा गरेको पनि स्वीकार गरेकी छन् ।
FACEBOOK COMMENTS