काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूचीमा नपरेपछि देश र जनताको हितलाई प्राथमिकता दिन आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले क्रिकेटबाट सिकेको बताउदै मैदानमा आफू रहोस् वा नरहोस्, देश हार्न नहुने बताएका छन् । खेल व्यक्तिगत कीर्तिका लागि होइन, टोलीको जितका लागि खेलिने भएकाले देशको हितका लागि अघि बढ्नुपर्ने उनको भनाइ छ ।
उनले भनेका छन, ‘क्रिकेटबाट मैले सिकेको कुरा “मैदानभित्रको टिम ११ मा म रहूँ वा नरहूँ, तर मेरो देशले हार्नु हुँदैन । खेल व्यक्तिगत रेकर्डका लागि होइन, टिमको जितका लागि खेलिन्छ। त्यसैले, देशलाई जिताउन मैदानमा उत्रिएका साथीहरूले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जनताको हित, राष्ट्रको विकास, सुशासन र भ्रष्टाचार अन्त्यका लागि एक ढिक्का भएर खेल्नुहुनेछ भन्ने विश्वासका साथ सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछु ।’
मल्लले निर्वाचनमार्फत जनताको सेवा गर्न मैदानमा उत्रिएका नेताहरूले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जनताको हित, राष्ट्रको विकास, सुशासन र भ्रष्टाचार अन्त्यका लागि एकजुट भएर काम गर्ने विश्वास व्यक्त गरेका छन् । मल्लले आफू सदनमा रहोस् वा सडकमा, जुनसुकै भूमिकाबाट पनि देशको सेवामा निरन्तर लागिरहने बताएका छन् । उनले अन्तत: व्यक्तिको हार जितभन्दा देशको जित नै सबैभन्दा ठूलो कुरा हुने उल्लेख गरेका छन् ।
FACEBOOK COMMENTS