काठमाडौं, ११ भदौ । राष्ट्रिय वाणिज्य बैंक कोष प्रबद्र्धक रहेको आरविवि म्युचुअल फण्ड अन्र्तगत संचालित पहिलोे बन्दमुखी योजना ‘आरविवि म्युचुअल फण्ड १’ नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । उक्त फण्ड सूचीकरणको लागि नेप्से र आरविवि मर्चेन्ट बैंकिङ्गबीच सम्झौता भएको हो ।
उक्त सम्झौता पत्रमा नेप्सेको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाल र आरविवि मर्चेन्ट बैंकिङ्गको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रिप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका हुन् ।
हालै जारी भई बाँडफाँड भएको १२ करोड ५० लाख इकाई अर्थात एक अर्ब २५ करोड रुपैयाँ बराबरको उक्त फण्ड भदौ ११ गते शुक्रबार नेप्सेमा सूचीकृत भएको हो । यससँगै उक्त फण्ड भदौ १३ गते आइतबारदेखि किनबेच गर्न पाइने छ ।
उक्त म्युचुअल फण्डको योजना व्यवस्थापक तथा डिपोजिटरी राष्ट्रिय वाणिज्य बैंकको शतप्रतिशत लगानी रहेको सहायक कम्पनीे आरविवि मर्चेन्ट बैंकिङ्ग रहेको ।
FACEBOOK COMMENTS