काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ गरेर अनुसन्धानका लागि हाल चितवन लगिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरूद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी भएको छ ।
वीरगञ्जको सानोपाइला सहाकारी ठगी प्रकरणमा लामिछानेसहित १४ जनाविरूद्ध आज (बुधबार) पक्राउ पुर्जी जारी भएको प्रहरी स्रोतले जनाएको छ ।
लामिछानेसँगै उनका व्यावसायिक साझेदार पूर्वडीआईजी छविलाल जोशीविरूद्ध पनि यहाँ पक्राउ पुर्जी जारी भएको छ ।
सानोपाइला सहकारीको रकम गोर्खा मिडियामा ल्याएर अपचलन गरेको आरोपमा उनीहरूविरूद्ध अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय पर्साले अदालतबाट पक्राउ अनुमति लिएको हो ।
२ मंसिरमा काठमाडौंबाट पक्राउ गरेर कास्कीको पोखरा लगिएका लामिछानेलाई त्यसपछि भैरहवा लगेर काठमाडौं ल्याई अहिले चितवन लगेर बयान लिने काम भइरहेको छ ।
FACEBOOK COMMENTS