काठमाडाैं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र सेती महाकाली ट्रक यातायात व्यवसायी संघ बीच बीमा सेवा सम्बन्धी एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतापत्रमा सेती महाकाली ट्रक यातायात व्यवसायी संघ मा रहेका ट्रकहरुको मोटर बीमा सलिको इन्स्योरेन्सले गर्ने भएको हो ।
सलिको इन्स्योरेन्सको तर्फबाट महाप्रबन्धक कवि राज पौडेल र सेती महाकाली ट्रक यातायात व्यवसायी संघ को तर्फबाट अध्यक्ष मोहन सिंह साउदले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौतापत्र आदानप्रदान गर्ने कार्यक्रममा सलिको इन्स्योरेन्सको तर्फबाट प्रदेश प्रमुख धर्म राज बडु ,शाखा प्रमुख हेमन्त लामिछाने लगायत सेती महाकाली ट्रक यातायात व्यवसायी संघको तर्फबाट पदाधिकारी तथा यातायात व्यवसायीहरुको उपस्थिती थियो ।
सेती महाकाली ट्रक यातायात व्यवसायी संघ मा आवद्ध सवारी साधनहरुकोे व्यापक सवारी साधन बीमा सलिको इन्स्योरेन्सबाट हुने र उक्त सवारी साधन अन्तर्गत भविष्यमा कुनै दावी परेमा बीमा कम्पनीले दावी भूक्तानी प्रकृयालाई थप सरल, सहज तथा शिघ्र भुक्तानी गर्ने जनाइएको छ ।
FACEBOOK COMMENTS