![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/Corporate-Khabar-50-399-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले नूनको मूल्य बढाएको छ ।
कर्पोरेसनबाट बिक्री वितरण भइरहेको नूनको आज राति १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गर्ने निर्णय भएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको हो ।
समायोजित मूल्यअनुसार आयोनून एक किलो प्याकेटको २३ बाट बढेर २६ पुगेको छ । न्यू शक्ति नून एक किलोको १७ रहेकामा बढेर २० कायम भएको छ । यस्तै भानू नून एक किलोको मूल्य नौ तोकिएको छ ।
FACEBOOK COMMENTS