काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले संसदलाई सम्बोधन गर्नेबारे जानकारी गराएका छन् ।
मंगलबार दिउँसो ४ बजे सम्बोधन गर्ने संयुक्त बैठकका लागि दिउँसो ३ः ४५ बजेसम्म उपस्थित हुनका लागि आग्रह गरेका हुन् । साथै औपचारिक पोसाकमा उपस्थित हुन पनि उनले सांसदहरूलाई आग्रह गरेका छन् ।
प्रतिनिधि सभाको बैठक कार्तिक १६ गते बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।
FACEBOOK COMMENTS