काठमाडौं । सामसङ नेपालले विश्वकप सिजनका लागि आफ्ना टिभी लाइनअपमा विशेष अफर घोषणा गरेको छ, जसले घरभित्रै स्टेडियमजस्तै अनुभव दिन मद्दत गर्छ। यो अफर २०२६ जुलाई १९ सम्म मान्य हुनेछ ।
यो अफरअन्तर्गत चुनित सामसङ टिभी मोडेलहरूमा २५प्रतिशत सम्म क्यासब्याक उपलब्ध छ, जसले विश्वकपको अवसरमा अझ ठूलो अझ स्पष्ट स्क्रिनमा अपग्रेड गर्ने राम्रो मौका प्रदान गर्दछ। उत्कृष्ट इमर्सिभ अनुभवको लागि, ७५ इन्च वा ८५ इन्चको टिभी मोडेल खरिद गर्ने ग्राहकहरूले केवल रु. ९,९९९ मा रु. ४९,९९० मूल्यको साउन्डबार पनि प्राप्त गर्न सक्छन्, जसले स्क्रिनमा कार्यसँग मेल खाने शक्तिशाली, इमर्सिभ अडियो थप्छ ।
विश्वकप सिजनमा खेल मात्र होइन, थप मनोरञ्जन पनि सजिलै प्रदान गर्नका लागि सामसङ ले नि:शुल्क विश्वकप लाइभ सदस्यता सँगै १२ महिनासम्मको नि:शुल्कनेटटिभीप्याकेज पनि दिइरहेको छ। क्यूएलईडी/यूएचडी मोडेलमा १२ महिनासम्मको नि:शुल्क नेटटिभी प्याकेज उपलब्ध हुन्छ भने एफएचडी/एचडी मोडेलमा ६ महिनासम्मको नि:शुल्क नेटटिभी प्याकेज उपलब्ध हुन्छ, जसले ग्राहकलाई कम झन्झटमा बढी मूल्यसहित लाइभ खेल र मनोरञ्जन प्राप्त गर्न मद्दत गर्छ ।

साथै, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इन्स्टा फाईनेन्स सेवामार्फत ग्राहकहरूले १२ महिना वा २४ महिनाको ईएमआई योजनामा टिभी खरिद गर्न सक्छन्। नयाँ सामसङ टिभीमा अपग्रेड गर्न चाहने ग्राहकहरूलेआर्कोस्टोर मार्फत वा नेपालभरका अधिकृत सामसङ रिटेल स्टोरहरूबाट सिधै पुराना उपकरणहरू विनिमय गर्न सक्छन्। अफरबारे थप जानकारीका लागि ग्राहकहरूले नजिकको अधिकृत सामसङ स्टोरमा गएर विवरण बुझ्न सक्नुहुन्छ ।
