काठमाडौं । काठमाडौं मलको चौथो तल्लामा केन्द्रीय कार्यालय रहेको फेसियल हाउसले भ्यालेन्टाइन–डे अर्थात् प्रणय दिवसको अवसरमा ‘हट एण्ड एट्र्याक्टिभ’ फोटोशुट गरेको छ ।
विभिन्न धार्मिक तथा सांस्कृति चाडपर्वहरूको थिममा विशेष–विशेष फोटोशुट गर्दै आएको फेसियल हाउसले विश्वभर मनाइने भ्यालेन्टाइन–डेको थिममा पनि फोटोशुट गरेको हो ।
एक दशकदेखि सुगम संगीतका म्युजिक भिडियोहरूमा एकछत्र राज गरिरहेका मोडल सनम कठायत तथा अभिनय र नृत्यबाट सबैको मन जितिरहेकी नृत्याङ्गना उषा उप्रेतीले प्रणय दिवसको थिममा फोटो शुट तथा मोडलिङ गरेका छन् । हाल सनम र उषा दुवै ठूलो पर्दाको चलचित्रमा आउने तयारीमा छन् ।
फोटो शुटमा मेकअप र हेयर स्टाइल फेसियल हाउसको रहेको छ भने कुसुम बुटिकको ड्रेस सेटअप छ । कुबेर डंगोलको ‘क्यामेरा लेन्स’ले यी दुई मोडलको आकर्षक तस्वीर कैद गरेको छ ।
दुबै मोडलले यस प्रकारको फोटो शुट गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिएका छन् । उषाले यसअघि पनि फेसियल हाउसको मेकअप र हेयर स्टाइलमा फोटो सुट गरिसकेको बताएकी छिन् । ‘सुषमा महरा दिदीसँग काम गर्दा धेरै नै नयाँ कुराहरु सिक्न पाएको छु,’ उषाले भनिन् । उनले फेसियल हाउसको मेकअप र हेयर स्टाइलको खुलेर प्रशंसा समेत गरेकी छिन् ।
उषासँगै फटोशुटमा सहभागी सनमले भने फेसियल हाउससँग सहकार्य गरेको यो पहिलोपटक भएको बताए । यद्यपि, उनले पनि फेसियल हाउससँग सहकार्य गरेर काम गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताएका छन् । ‘यो अवसरलाई मैले सौभाग्य ठानेको छु,’ उनले भने, ‘फेसियल हाउस त्यत्तिकै ‘नम्बर वान’ ब्युटी सैलुन भएको होइन रहेछ । फेसियल हाउसले साँच्चिकै पारिवारिक र केयरिङयुक्त विशेषता बोकेको रहेछ यसकारण पो ‘नम्बर वान’ भएको रहेछ ।’ सौन्दर्यविद् एवम् फेसियल हाउसकी सञ्चालक सुषमा महरासँग काम गर्दा पारिवारिक वातावरणको महसुश भएको सनमको भनाइ छ ।
फेसियल हाउससँग आगामी दिनहरूमा पनि सहकार्य गरेर काम गर्ने चाहना बढेको सनम बताउँछन् । ‘आज जुन अवसर पाइयो त्यसले आगामी दिनमा समेत सहकार्यको वातावरण बनाउने कुरामा म विश्वस्त छु,’ उनले भने ।
नेपालमा पनि १४ फेब्रुअरीको दिन प्रणय दिवस (भ्यालेनटाइन–डे) मानाउने गरिएको छ । यो दिनलाई फेसियल हाउसले पनि विशेष रुपमा मनाउँदै आएको फेसियल हाउसकी प्रबन्धक तथा वरिष्ठ सौंन्दर्यविद् सुषमा महराले जानकारी दिइन् । यो दिन फोटोलाई आर्काइभ गरिनाका साथै फेसियल हाउसमा आउने जोडीलाई ५० प्रतिशत छूट दिने प्रबन्धक महराले बताएकी छिन् ।
फेसियल हाउसको काठमाडौंमा सीटीसी मल र चाबहिल तथा काठमाडौंबाहिर पोखरा र सुर्खेतमामा आउटलेट सञ्चालनमा छ ।
इटलीका तत्कालीन शासक क्लाउडियसको तानाशाहीको विरुद्धमा उत्रिएका सेन्ट भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो । विशेषगरी यस दिन मन परेको व्यक्तिलाई प्रेम प्रस्ताव राख्ने र आफ्ना प्रियजन तथा आफन्तलाई उपहार दिने गरिन्छ ।
गाउँघरमा भन्दा शहरी क्षेत्रमा प्रणय दिवसको चर्चा बढी हुन्छ । गुलाबको फूल दिएर प्रेम अभिव्यक्त गर्ने चल नेपालमा पनि बढ्दै गएको छ ।
FACEBOOK COMMENTS