काठमाडौं । सानिमा बैंकले गत आर्थिक वर्षमा २ अर्ब ३८ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।
अघिल्लो आवको सोही अवधिमा २ अर्ब ६० करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।
बैंकको ब्याज आम्दानीमा ४.१० प्रतिशतको घटेर २० अर्ब ७२ करोड रहेको छ । खुद ब्याज आम्दानी ४.६४ प्रतिशतले घटेर ६ अर्ब १७ करोड रहेको छ ।
बैंकको वितरणयोग्य नाफा १ अर्ब ४१ करोड रुपैयाँ रहेको छ । बैंकको लाभांश क्षमता १०.४ प्रतिशत रहेको छ ।
बैंकको निक्षेप १२.२१ प्रतिशतले बढेर १ खर्ब ९७ अर्ब २० करोड पुगेको छ । बैंकले १ खर्ब ५९ अर्ब ४९ करोड रुपैयाँको कर्जा दिएको छ ।
बैंकको चुक्तापुँजी १३ अर्ब ५८ करोड छ भने रिजर्भमा ५ अर्ब ९७ करोड छ । बैंकको प्रतिसेयर आम्दानी १७।५४ रुपैयाँ छ । नेटवर्थ १५४.३५ रुपैयाँ रहेको छ ।
बैंकले निष्क्रिय कर्जामा उल्लेख्य सुधार गरी १.७३ प्रतिशतमा सीमित राखेको छ ।
FACEBOOK COMMENTS