काठमाडौं । सानिमा बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्मको अपरिष्कृत वित्तीय अवस्था सार्वजनिक गरेको छ ।
यो अवधिमा बैंकको नाफामा सुधार आएको छ । गत आवको असार मसान्तसम्म बैंकको नाफा ३८.०१ प्रतिशतले बढेर ३ अर्ब ५५ करोड १ लाख ४४ हजार रुपैयाँ रहेको छ ।
यस्तो नाफा अघील्लो आवको सोही अविधमा २ अर्ब ५७ करोड २४ लाख ६३ हजार रुपैयाँ रहेको थियो । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी १० प्रतिशतले बढेर ६ अर्ब ९९ करोड १५ लाख ८३ हजार रुपैयाँ पुगेको छ। यस्तै बैंकको सञ्चालन नाफा ४४.४४ प्रतिशतले बढेर ५ अर्ब १६ करोड ५१ लाख ७२ हजार रुपैयाँ रहेको छ ।
गत आवको असार मसान्तसम्म बैंकको वितरणयोग्य नाफा २ अर्ब ८३ करोड १७ लाख ७६ हजार रुपैयाँ रहेको छ । लाभांश दिने क्षमता २०.८५ प्रतिशत रहेको छ ।
हाल चुक्ता पुँजी १५ अर्ब ५८ करोड १५ लाख २५ हजार रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ९ अर्ब १२ करोड ४५ लाख १५ हजार रहेको छ । बैंकले २ खर्ब ४९ अर्ब ११ करोड ८० लाख १७ हजार रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ९५ अर्ब ८८ करोड ४७ लाख ३० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
गत आवको असार मसान्तसम्म बैंकको खराब कर्जा ३.०१ प्रतिशतबाट घटेर २.८७ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी २५.७५ रुपैयाँ र नेटवर्थ १८८.४२ रुपैयाँ रहेको छ ।