काठमाडौं । धितोपत्र बोर्ड अध्यक्ष नियुक्ती गर्न नसकेको सरकारले सिफारिस समितिले महान्यायाधिवक्ता कार्यालयबाट लिखित सुझाव माग्ने भएको छ । त्यसका लागि बिहीबार अर्थ मन्त्रालयले महान्यायाधिवक्ता कार्यालयलाई सुझावका लागि पत्र लेख्ने भएको हो ।
बोर्डको अध्यक्षका लागि आवेदन दिएका ५ जना मध्ये तीन जना अन्तवार्ता तथा प्रस्तुति नदिएपछि महान्यायाधिवक्ता कार्यालयको सुझाव लिनु परेको हो ।
अध्यक्ष नियुक्तीका लागि मन्त्रिपरिषदलाई सिफारिस गर्न ३ जना चाहिन्छ । सन्तोष नारायण श्रेष्ठ र मुक्ती श्रेष्ठ २ जनाले मात्रै अन्तवार्ता दिएका छन् ।
बाँकी ३ जना डा नवराज अधिकारी, चिरन्जीवी चापागाई र कृष्ण कार्कीले अन्तवार्ता तथा प्रस्तुति दिएका छैनन् । तीन जनाले अन्तर्वार्ता नदिएपछि अध्यक्ष नियुक्ती गर्न सरकारलाई नै समस्या पर्ने भएको छ ।
FACEBOOK COMMENTS